
शिवसताक्षी ,३० साउन । झापाको शिवसताक्षी नगपलिकामा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शिवसताक्षीको झरना क्वारेन्टिनमा रहेका २३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य संयोजक रोशन अधिकारीले जानकारी दिए ।
उनी शिवसताक्षी नगरपालिका वडा नं. ८ का युवक हुन् । केही दिन अघि भारतको चेन्नाईबाट आएका थिए ।
शिवसताक्षीमा रहेको झरना प्राथमिक विद्यालय र सतासी प्राथमिक विद्यालयको क्वारेन्टाइनमा गरी ५३ जनाको स्वाव संकलन गरिएको थियो । जसमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस अघि कोरोना पुष्टि भएका शिवसताक्षीका ६ जनाले कोरोना जितेर घर फर्की सकेका छन् ।

