adv

नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो

झापा,३० साउन ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या  २५ हजार ५ सय ५१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८३, ललितपुरका ३०, भक्तपुरका ६, सुनसरीका २४, मोरङका ६३, झापाका ९, सिराहाका ३, धनुषाका ५५, महोत्तरीका २४, सप्तरीका १४, सर्लाहीका १४,  उदयपुरका १, बाराका २४, पर्साका ७१, नुवाकोटका १, सिन्धुपाल्चोकका १, बाजुराका १, धादिङका १, हुम्लाका १ र रौतहटका ५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै चितवनका १४, नवलपरासीका २, सिन्धुलीका ११, मकवानपुरका १८, दोलखाका १, कास्कीका १, लमजुङका १, पर्वतका १, स्याङजाका १, तनहुँका २२, रुपन्देहीका २, दाङका १, बाँकेका २२, बर्दियाका ५, रुपन्देहीका १२, कपिलवस्तुका ५, अछामका ६, कैलालीका ९, कञ्चनपुरका २, सल्यानका १, सुर्खेतका २१, दैलेखका ३ तथा बझाङका १ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै  हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७७ रहेकाे पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु