काठमाडौं,३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ।
७१ वर्षीय रोबर्टको न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको हो ।
टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो अनि मिल्ने साथी पनि थियो। ’ट्रम्प अपरान्ह उपचाररत भाइलाई भेट्न अस्पताल पुगेका थिए।
तर उनलाई के रोग लागेको भन्ने खुलाइएको छैन । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेड लगानीको व्यवस्थापन गर्दै आएका थिए।