काठमाडौँ, ३२ साउन । कोरोना संक्रमणबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् थप एक जनाको ज्यान गएको छ।
विराटनगर तीनपैनीकी ५० वर्षीया महिलाको शनिबार मध्यराति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएकी महिलालाई शनिबार प्रतिष्ठानमा भर्ना गरिएको थियो।
उनलाई ४–५ दिनदेखि ज्वरो, खोकी र श्वास फेर्न समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए। उनमा फोक्सो र थाइराइडका साथै मुटुसम्बन्धी समस्या रहेको र यसअघि भारतमा उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ।
‘उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको,’ प्रवक्ता सापकोटाले भने।
यो सँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

