adv

नेपाल प्रहरीका २ जना डीआईजीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, साउन ३१ गते । नेपाल प्रहरीको दुई जना डीआईजीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुईजना डिआइजीमा कोरोना संक्रमण देखिएको हो ।

नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु