adv

इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

इलाम ।  इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिका ९ का २२ वर्षीय ती पुरूष भारतको हैदराबादबाट आई गत २६ गते देखि क्वारेन्टिनमा बस्दै आएका थिए । उनको गएराती मृत्यु भएको हो ।

सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदय न गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती ११: ५ बजे उनको मृत्यु भएको हो।

गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिए ।

बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या हुँदै आएको थियो । कोरोनाले वा अन्य कारणले मृत्यु भएको पुष्टि रिर्पोट आएपछि मात्र थाहा हुने उनले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु