adv

देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ ,१ भदौ ।आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र प्रदेश १ तथा वाग्मती प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

अरु ठाउँमा भने सामान्यतया बदली रही केही ठाउँहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ भए पनि बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर फैलिएका कारण पानी पर्ने सम्भावना भएको उनले बताए।

ठूलो पानी पर्नसक्ने सम्भावना देखिएको ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने र पानीको निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु