झापा,१ भदौ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेका छन् ।