
झापा,१ भदौ । प्रदेश १ मा आज सोमबार झापाका ७ जनासहित थप ८३ जनामा ।कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु झापाको दमकका चार पुरुष, शिवसताक्षीका दुई र कन्काईका एक पुरुष यसैगरी मोरङमा ४४, सुनसरीमा ३१, र प्रदेश १ बाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा २९ जना संक्रमित थपिएका छन्। तीमध्ये १३ महिला र १६ पुरुष छन्।
बेलबारीमा सात महिला र तीन पुरुष, बूढीगंगामा एक महिला तीन पुरुष, सुन्दरहरैचामा एक पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगन्जमा ३ पुरुष, कोसी र रामधुनीमा एक पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ।
यस्तै २४ घन्टामा २४ जना कोरोना संक्रमण मुक्त भएका छन् यो संगै प्रदेश न १ मा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ९९ पुगेको छ ।

