झापा,१ भदौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको दिनभर बसेको बैठकपछि सोमबार साँझ नतिजा प्रकाशित भएको हो।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा सोमबार सार्वजनिक गरेको हो ।