adv

पीसीआर गरेर आएकालाई होम क्वारेन्टिनमा बस्न दिने मेचीनगरको निर्णय

मेचीनगर,१ भदौ । झापाको मेचीनगरपालिकाले  भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका व्यक्तिलाई होम क्वारेन्टिनमा बस्न दिने निर्णय गरेको छ ।

नगरले टोल समिति र वडा कार्यालयको सिफारिसमा भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका नगरबासीलाई  होम क्वारेन्टिनमा बस्न दिने निर्णय गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यदलको सोमबार बसेको बैठकले होम क्वारेन्टिन ब्यवस्थापन मापदण्ड–२०७७ जारी गरेको छ ।

पीसीआरको रिपोर्टका आधारमा परिवारको सहमतिमा टोल विकास समिति र वडा कार्यालयको सिफारिसमा भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएकालाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न दिने निर्णय गरेको हो । बैठकले १२ वटा बुँदामा मापदण्ड तयार गरेको छ ।

मापदण्ड अनुसार होम क्वारेन्टाइन बस्न तोकिएको घरमा परिवारका सदस्यबाट टाढा रहने गरी शौचालयसहित अलग कोठा हुनुपर्ने, एक मिटरको दुरीमा परिवारका सदस्यको सहयोग लिने, तोकिएको घरमा अन्य व्यक्तिहरुको आवत जावतमा निषेध, मास्क, सेनिटाइजर, पञ्जा, पानी लगायतको आवश्यक व्यवस्थापन हुनुपर्ने छ ।

होम क्वारेन्टाइनमा बस्ने ब्यक्तिले आफुले प्रयोग गरेको भाँडाकुडा तथा लत्ताकपडाहरु आफैँले धुने तथा सरसफाइ गर्नु पर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु