adv

भोइस अफ नेपालका बिकासको “पहिलो नजरमा”गीतको भिडियो सार्बजानिक (भिडियोसहित )

झापा । द भोइस अफ नेपाल सिजन दुईका टप ४ फाइनलिस्ट विकास लिम्बुको पहिलो नजर गीतको भिडियो सार्बजानिक भएको छ ।
स्कुले जिबनको प्रेमलाई प्रस्तुत् गरिएको गीतको भिडियो सोमबार बिकाशकै अफिसियल युट्युब च्यानल विकास लिम्बु मार्फत सार्वजनिक गरिएको हो ।

विकास लिम्बुको स्वर, ध्रुब के सीको शब्द, सुरज तामाङको संगीत रहेको गीतलाइ देबेश राईले मिक्सिंग गरेका छन् ।  भिडियोको  निर्देशन सुरज तामांगले गरेका छन् भने एडिट योगेश दाहालले गरेका हुन् । भिडियोमा विकास स्वयम् र बृक्षा लिम्बुको अभिनय रहेको छ ।

भोइस अफ नेपाल सिजन दुईका टप ४ बन्न सफल विकास लिम्बुले यो भन्दा अगाडी बिभिन्न कभर गीतहरु गाउदै आएका थिए अफिसियल गीत भएपनि अफिसियल रुपमा भिडियो सहित यो उनको पहिले गीत हो । यसबाट आफु निकै उत्साहित भएको बताउछन विकास ।

कोरोना भाइरसका कारण  भोइस अफ नेपालको टुरहरु रद्द भएसंगै आफ्नै निवास झापामा रहेका विकासले लकडाउनकै बिचमा आफ्नो माया गर्ने श्रोता, दर्शक, आफन्त र सम्पूर्ण शुभचिन्तकहरुको लागि कोशेली स्वरूप यो भिडियो ल्याएको बताए ।

उनी भन्छन भोइस अफ नेपाल पछाडिको यो मेरो पहिलो कोशेली मलाई साथ् र सपोर्ट गर्नुहुने सम्पूर्ण दर्शक, श्रोता र शुभचिन्तकहरुको लागि हो, म धेरै उत्साहित छु, आशा छ यहाँहरुले हेरेर सुझाब सल्लाह दिनुहुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु