adv
Advertise Expired !

प्रदेश २ का सबै जिल्लामा ‘लकडाउन’

जनकपुरधाम, १ भदौ । कोरोना संक्रमण बढदै गएपछि महोत्तरीमा पनि जिल्लाभर लकडाउन गर्ने निर्णय गरिएको छ। सुरुमा जिल्लाका केही स्थानीय तहहरु बन्द गरिए पनि कोभिड १९ जिल्लाभर तीव्र गतिमा बढदै गएपछि १० दिन सम्मको लागि जिल्लाभर बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

सोमबार राति १२ बजे देखि लागू हुने गरी भदौ १० गते राति १२ बजे सम्मको लागि महोत्तरी जिल्लाभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) अनुसार बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

यस अवधिमा अति आवश्यक व्यापार व्यवसाय सञ्चालनको लागि बिहान ६ बजे देखि ९ बजे सम्म सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

यसका साथै शैक्षिक संस्था, सबै प्रकारको सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला लगायतमा पूर्ण रुपले निषेध गरिएको छ ।

यसको उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ ।

महोत्तरीमा जिल्लाभर बन्द गर्ने निर्णय गरिएसँगै प्रदेश २ को ८ वटै जिल्ला बन्द भएको हो । यस प्रदेशमा हालसम्म ७ हजार १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । देशसंचारबाट

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु