adv

आजको मौसम कस्तो छ त ?

काठमाण्डौ ,२ भदौ ।आज लगातार झरी वा ठूलो पानी पर्ने संभावना कतै पनि नभएको मौसमविद्ले बताएका छन्।

अहिले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको तर बिस्तारै पानी पर्न कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार आज धेरै ठाउँको मौसम पूर्णरुपमा खुल्ने संभावना निकै कम छ । मौसम खुलिहाले पनि फेरि बादल लागेर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने उहाँको भनाइ छ ।

दिउँसो कम परे पनि राति भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उनले वताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु