adv
Advertise Expired !

दमकमा आज थप ७ जनामा काेराेना पुष्टि

दमक। झापाको दमकका आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमण पुष्टि भएकाहरु सबै पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २२, २५, २६ र ६२ वर्षीय पुरुषहरु र वडा नम्बर ३ का २९ र ३७ वर्षीय पुरुषहरु गरि सात जना रहेको श्रोतले बताए ।

स्राेतका अनुसार वडा नम्बर ४ का संक्रमण पुष्टि भएका गत साउन २० गते भारतबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका हुन् । दमकमा पछिल्लो क्रममा समुदायमा संक्रमणको दर बढ्दै गएको छ ।नगरपालिकाले समुदायमा कोरोना देखिएपछि यही भदौ ६ गते सम्मका लागि लकडाउन गरेको छ । सवालनेपालबाट

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु