adv

नेपालमा एकै दिन हालसम्मकै उच्च संख्या १ हजार १६ जनामा कोरोना पुष्टि

झापा,२ भदौ । नेपालमा आज मंगलबार एकैदिन १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।  यो संगै नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २१, खोटाङका १, मोरङका १०८, ओखलढुङ्गाका १, पाँचथरका १, सुनसरीका ८, उदयपुरका २, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १२८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १०७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौँका १३८, काभ्रेका २१ र ललितपुरका ५० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरका ३०, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाग्लुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, नवलपरासीका ४, स्याङ्जाका १, तनहुँका २, बाँकेका ६, बर्दियाका ९, दाङका १, कपिलवस्तुका १९, नवलपरासीका १, रोल्पाका १, रुपन्देहीका १४, दैलेखका ५, रुकुमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ तथा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८५ जना संक्रमण मुक्त भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु