झापा ,२ भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
गौतमका अनुसार मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाका एक महिला रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा एकैदिन १ हजार १६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

