adv
Advertise Expired !

कोरोनाबाट बीपी प्रतिष्ठानमा धरानकी एक महिलाको मृत्यु

धरान, ३ भदौ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका १५ की ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

सापकोटाका अनुसार उनलाई   खोकी लाग्ने, ज्वरो आएको र श्वास फेर्न गाह्रो भएको र उनले दम र हृदय रोगको उपचार गराइरहेको थियो ।

क्वारेन्टाइनमा बस्ने क्रममा साउन २३ गते स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएपछि २४ गते प्रतिष्ठानमा भर्ना भएको सापकोटाले बताए ।

योसँगै प्रदेश १ मा संक्रमणले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु