adv
Advertise Expired !

झापामा बुधबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि

झापा,३ भदौ  । झापामा आज बुधबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरुमा दमक नगरपालिकाका १३ जना पुरुष,जसमा ३ जना सशस्त्र प्रहरी, २ जना नेपाल टेलिकमका कर्मचारी र ८ जना स्थानीय रहेका छन्  । योसंगै दमकमा मात्र संक्रमितको संख्या ४४ पुगेको छ । उनीहरु मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् ।

यस्तै बाह्रदशी गाउँपालिकामा एक महिला र एक जना पुरुष,कचनकबल गाउँपालिका, कमल गाउँपालिका र बिर्तामोड नगरपालिकामा एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ४७४ पुगेको छ । संक्रमित मध्ये ३७३ निको भएर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु