
झापा,३ भदौ । ग्रीन सिटी ईलामको पहलमा मृगौला क्यान्सर पिडित प्रभास श्रेष्ठलाई तीन लाख ४३ हजार भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।
ईलाम नगरपालिका ७ निवासी ३ बर्षीय प्रभास श्रेष्ठको उपचारको निमित्त तीन लाख ४३ हजार ४९७ रुपैंया पत्रकार सुदिप श्रेष्ठ मार्फत बिरामीका हजुरबुवालाई हस्तान्तरण गरिएको हो ।
प्रभास बिगत ६ महिनादेखि काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचाररत छन् । पारिवारको कमजोर आर्थिक अवस्थाकाका कारण उनकाे उपचारका लागि आर्थिक सहयोगको याचना पनि गरिएको छ ।

ग्रीन सिटी ईलाम एक फेसबुक ग्रुप हो । ईलामको पर्यटन प्रबर्द्धनका लागि र साथि भाईबीच रमाइलोको लागि बनाइएको पब्लिक ग्रुपले यसरी सामाजिक सेवा गर्न पाउँदा खुसि लागेको ग्रुपका एडमिन सुदिप फागो बताउँछन् ।
ग्रुपमा आबद्द सम्पूर्ण कोरियामा रहेका सदस्यहरुबाट दुई लाख ८७ हजार आठ सय रुपैंया र अन्य देश तथा विदेशबाट ५५ हजार छ सय ९७ रुपैंया गरेर जम्मा तीन लाख ४३ हजार चार सय ९७ रुपैंया रकम जम्मा भएको रकम हस्तान्तरण गरिएकाे फागाेले बताए ।


धन्यवाद दिदी समाचार सम्प्रेसण को लागि