adv
Advertise Expired !

मेचीनगरमा ३ वटा वडाहरु बाहेक आज रातिदेखि लकडाउन खुल्ला हुने

मेचीनगर , ३ भदाै । झापाको मेचीनगर नगरपालिकाले नगरका तीनवटा वडामा बाहेक अन्यमा आज राति देखि लकडाउन खुला गर्ने भएको छ ।

बुधबार बसेकाे वैठकले साउन २८ गते रातकाे १२ बजेदेखि भदाै ३ गते रातकाे १२ बजेसम्म नगरमा घोषणा गरेको लकडाउन ३ वटा वडाहरु मा बाहेक आज रातिदेखि खुल्ने निर्णय गरेको हो ।

यस्तै अर्काे व्यवस्था नभईञ्जेल साउन २८ गतेदेखिकाे लकडाउनलाई  ६,७ र ८ नम्वर वडामा लकडाउनलाई  निरन्तरता दिने भएकाे छ ।

संक्रामक राेग एेन २०२० काे दफा २ अनुसार तीनवटा वडामा अत्यवश्यक र मालवहाक बाहेकका सवै सवारी साधन सञ्चालन नगर्ने, अत्यवश्यक कामदेखि बाहेक आ आफ्नै  घरमा सुरक्षितरूपमा बस्ने, सामाजिक दुरी कायम गरि कृषि कार्य गर्न सक्ने, विशेष कार्यका लागि प्रयाेग गरिने साधन पालिकाले उपलब्ध गराएकाे पास लिएर चलाउन सकिने छ ।

वित्तीय संस्थाहरूकाे हकमा नेपाल सरकारले ताेकेकाे मापदण्ड बमाेजिम संञ्चालन गर्ने, डेरी, खाद्यान्न तथा सागसव्जी पसल पुर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरि विहान ८ देखि १० बजेसम्ममात्र सञ्चालन गर्ने, अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्र नियिमत संचालन हुने, नगरक्षेत्रभित्रका शैक्षिक संस्था, हाेटल, सपिङ महल, सैलुन, व्युटीपार्लर बन्द गर्ने निर्णय बैठकले गरेकाे नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए  ।

मेचीनगर नगरपालिका क्षेत्रमा नगरपालिकाकाे तर्फबाट समुदायस्तरमा नाेवल काेराेना भाईरसकाे संक्रमणकाे परीक्षण भईरहेकाेमा केही वडामा संक्रमण देखिएकाे कारण समुदायस्तरमा पीसीअार परीक्षणकाे दायरा बढाई समुदायलाई सुरक्षित राख्न नगरपालिका क्षेत्रभित्र साउन २८ देखि भदाै ३ गतेसम्म नगरका उक्त वडामा अर्काे सुचना जारी नभईञ्जेलसम्म लकडाउनलाई निरन्तरता  दिने र बाकी वडाहरूकाे हकमा संघीय सरकारकाे काेभिड १९ संक्रमण नियन्त्रणका लागि निषेधित गरिएका क्षेत्रबाहेक अन्य सेवा सुचारू हुने नगरप्रमुख बिमल आचार्यले  बताए  ।

नगरप्रमुख आचार्यको  कार्यकक्षमा भएकाे छलफलमा उपप्रमुख मीना पाेखरेल उप्रेती, कार्यपालिकाका सदस्यहरू, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गलगायतकाे उपस्थिति  थियाे ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु