adv

नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नजिक,आज थपिए ६८१ जना

झापा,३ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसकाे स‌ंक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।  यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ।

 हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु