झापा,३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार काठमाडाैँ र बर्दियामा एक–एक जना पुरुष तथा भक्तपुर, माेरङ, चितवन र सुनसरीमा एक–एक जना महिलाकाे कोरोनाबाट मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

