
काठमाडौं,४ भदौ । सन् २०२०–२१ को सिजनको इंग्लिस प्रिमियर लिग(ईपीएल) को खेलतालिका सार्वजनिक भएको छ । आउँदो सेप्टेम्बर १२ बाट ईपीएलको नयाँ सिजन सुरु हुने भएको हो ।
बिहीबार इंग्ल्यान्ड फुटबल संघले यस सिजनको सुरुवाती खेलतालिका सार्वजनिक गरेको हो ।
सेप्टेम्बर १२ मा ६ खेल हुने भएका छन् ।
सेप्टेम्बर १२ मा हुने खेलहरु
क्रिस्टल प्यालेस भर्सेस साउथह्याम्पटन
फुलहम भर्सेस आर्सनल
लिभरपूल भर्सेस लिड्स युनाइटेट
टोटनहम भर्सेस एभर्टन
वेस्ट ब्रुम भर्सेस लेस्टर सिटी
वेस्टह्याम युनाइटेड भर्सेस न्युकासल युनाइटेड
सेप्टेम्बर १४ मा हुने खेलहरु
ब्राइटन भर्सेस चेल्सी
सेफिल्ड भर्सेस वुल्भ्स
यस सिजनको च्याम्पियन क्लब लिभरपुलले पहिलो खेल यसै सिजन ईपीएलमा बढुवा भएको लिड्स युनाइटेडसँग सेप्टेम्बरमा सामना गर्ने भएको छ । यस सिजन लिभरपुलले आफ्नो सुरुवाति ५ खेल लिड्सबाहेक ठूला क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला तथा बर्नलीविरुद्ध म्यानचेस्टर युनाइटेडको खेलको मिति भने पछि मात्र तय गरिनेछ ।
लिभरपुलका सुरुवाति ५ खेल
सेप्टेम्बर १२, २०२० लिड्स युनाइटेडसँग(होम)
सेप्टेम्बर १९, २०२० चेल्सीसँग (अवे)
सेप्टेम्बर २६, २०२० आर्सनलसँग (होम)
अक्टोबर ३, २०२० एस्टन भिल्ला (अवे)
अक्टोबर १७, २०२० एभर्टन (अवे)
कान्तिपुरबाट

