adv

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुग्यो,आज थपिए ८३८ जना

झापा,५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५, सुनसरीमा २९, धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४, सिराहामा १६, चितवनका २३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, मकवानपुरमा ३२, सिन्धुलीमा ८ र कास्कीमा १ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै नवलपरासीमा १९, बागलुङमा ३, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७, रोल्पामा १, कालिकोटमा १, पर्वतमा १, मनाङमा २, जुम्लामा ५३, दैलेखमा १, रुकुममा ३, अछाममा ३८, कञ्चनपुरमा १४, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ।

देशभर क्वारेन्टिन  १२ हजार २ सय ३४ जना क्वारेन्टिनमा रहेका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु