adv

नेपालमा कोरोनाबाट एकैदिन थप ११ जनाको मृत्यु

झापा,५ भदौ । नेपालमा एकैदिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ।

प्रवक्ता डा. गाैतमका अनुसार माेरङ, पर्सा, बारा, काठमाडाैँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दाेलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु