झापा,५ भदौ । झापामा आज शुक्रबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरु मेचीनगर नगरपालिकाका ४,विर्तामोड नगरपालिकाका २ र दमक नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखाका नवीन बरालका अनुसार मेचीनगरको मेची सामुदायिक भवनको क्वारेन्टिनमा रहेका २ जना महिला,१ बालिका र र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भारतबाट आएका हुन् ।
यस्तै विर्तामोड नगरपालिकाका १/१ महिला तथा पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट फर्केर कंचनजंघा हेल्थ साइन्स सेन्टर क्वारेन्टाइनमा बसेको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।
दमक नगरपालिकाका १ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईका अनुसार संक्रमित हुनेमा एक जना स्थानीय शिक्षक रहेका छन् । उनि दमक १ निवासी बोर्डिङ स्कूलमा कार्यरत छन् ।
योसंगै झापामा संक्रमितको संख्या ४८२ पुगेको छ ।