adv

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ ,६ भदौ । देशभर शनिबार दिउँसोको मौसममा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन्।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।

हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु