काठमाडौं ,६ भदौ । महात्मा गान्धीको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ । सो चश्मा अमेरिकाका एक व्यक्तिले किनेका हुन् ।
भनिन्छ यो चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए, जतिबेला उनी दक्षिण अफ्रिकामा काम गर्दथे । यो १९१०–१९३० तिरको कुरा हो ।
लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका अनुसार ३ अगस्टमा यो चश्मा एक सेतो खामभित्र फेला परेको थियो, जसलाई कुनै व्यक्तिले छोडेका थिए ।
त्यसपछि लेटरबक्समा चश्मा राखिदिने व्यक्तिलाई सम्पर्क गरियो । त्यसपछि त्यो चश्मा लिलामीमा राखियो ।
२ करोड ५५ लाखमा बिक्री भएपछि चश्माका मालिक खुसी भएका छन् । कमजोर आर्थिक अवस्थाका उनले यो रकम आफ्नो छोरीसँग बाँड्ने बताएका छन् ।यो समाचार अनलाइनखबरमा प्रकाशित छ ।