adv

सुनको मूल्य तोलामा ४ सय रूपैंयाले घट्यो

काठमाण्डाै ,७ भदौ । नेपाली बजारमा आज सुनको मूल्यमा घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनकाे मूल्यमा प्रतितोला ४ सय रुपैयाँले घटोको हो ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ  र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला २५ रुपैयाँका दरले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु