adv
Advertise Expired !

झापाको कमल गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण

झापा,७ भदौ । झापाको कमल गाउँपालिकामा थप तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।  कमल गाउँपालिका वडा नं.३ स्थित केर्खाबजारको समुदायमा कोभिड १९ पोजेटिभ देखिएका हो ।

 कमल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाको वडा नं.३ मा स्थायी बसोवास गर्ने ५७ र ४० वर्षीय दुई पुरुष र २० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमित तीनै जनालाई भद्रपुर स्थित मेची अस्पतालको आइसोलेसनमा पठाइएको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका अधिकृत ईन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

यस अघि केर्खा बजारका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्रयाक्ट ड्रेसिङबाट तीन जनामा संक्रमण भेटिएको गाउँपालिकाले जनाएको छ । यस अघि संक्रमित तीन जना कोरोना जितेर घर फर्की सकेका छन ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु