झापा,७ भदौ । झापामा आज आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमैथारू झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोड नगरपािलकामा २ महिला, कनकाई नगरपालिकामा १ महिला, गौरादह नगरपालिकामा २ पुरुष र मेचीनगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
यो संगै झापामा कोरोना संक्रमितको संख्या ५०८ पुगेको छ ।

