बिर्तामोड,७ भदौ । झापाको बिर्तामोडका सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमण पुष्टिपछी उक्त सुनचाँदी पसलरहेको बिर्तामोडका नगरपालिका–५ स्थित रत्नसुपर मार्केट शील गरिएको नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिए ।
समुदायमा कोरोना देखिएपछि कन्ट्रयाक टे«सिनको काम शुरु भएको छ । समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगर प्रमुख ध्रुव शिवाकोटीले बताए ।
कोरोना नियन्त्रणका लागि सबै नागरिकको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।
योसँगै बिर्तामोड नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।