झापा, ७ भदौ । नेपालमा कोरोना संक्रमणबाट आज झापाका एक जनासहित थप तीनको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् ।
जसमा झापाका ५६ बर्षीय पुरूष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

