
झापा,८ भदौ । झापाको शिवसताक्षी नगरपालिकाले लकडाउनलाई भदौ १५ गतेसम्म लम्ब्याएको छ ।
आइतबार नगरपालिकामा बसेको बोर्ड बैठकले जारी लकडाउनलाई भदौ १५ गतेसम्म गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यो भन्दा अगाडी भदौ ८ गते सम्म लकडाउन गरेको थियो तर संक्रमितको संख्या बढेसंगै लकडाउनलाई लम्ब्याएको हो ।
लकडाउन अवधिभर दुधे , झिलझिले, डुडामारी, धरमपुर, शिवगञ्ज, बोलोचोक, जनताबजार , रगियाथान लगायतका बजारमा रहेका होटल, ब्युटिपार्लर र शैलुन बन्द गर्ने निर्णय भएको छ ।
पालिकाको बोर्ड बैठकले भदौ १५ गतेसम्म साविकको निर्णय बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र होटल, ब्युटिपार्लर र शैलुन बाहेकका पसल खोल्न पाउने निर्णय भएको छ । नगरभित्र रहेका कृषि र औषधि पसल भने खोल्न पाउने छ ।
नगरको धार्मिक सताक्षीधाम र दोमुखा क्षेत्रमा लगाइएको निषेधाज्ञा कायमै रहेको शिवसताक्षी नगरपालिकाको सूचना शाखाले जनाएको छ । साप्ताहिक हाट बजारलाई पनि अर्को सूचना नहुञ्जेलसम्म लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
बैठकले नगरभित्र सभा, समारोह, तालिम, गोष्ठी समेत गर्न प्रतिबन्ध लगाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका सहायक मार्ग र भित्री सडकमा सवारी साधन संचालनमा पूर्ण निषेध गरिएको छ ।

