झापा,८ भदौ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका हुन् ।
योसँगै कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
यस्तै सोमबारसम्ममा देशभरि ११२७५ क्वारेन्टाइनमा रहेका छन् भने पछिल्लो २४ घण्टामा १७५ डिस्चार्ज भएका छन्।

