adv
adv

नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो,आज थपिए ७४३ जना

काठमाडौँ ,८ भदौ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले साेमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको बताएका छन् ।

२४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट ६१०४६९ परीक्षणहरु गरिएका छन् ।त्यसैगरी २४ घण्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १३ हजार ७१५ जना रहेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु