झापा,९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
यससँगै कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

