adv
Advertise Expired !

झापामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

झापा,९ भदौ । झापामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएकाहरु भद्रपुरका एक महिला र तीन पुरुष गरि चार जना, गौरीगञ्जका एक, कमलका दुई र कन्काईका एक पुरुष रहेका छन् ।

जसमा तीन जना स्थानिय, तीन जना भारतबाट आएका, एकजना प्रहरी र एक जना औषधी व्यवसायी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ५१७ पुगेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु