झापा,९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु हो।
मृत्यु हुनेहरु काठमाडाैँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला गरी तीन जना, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ।