इलाम । इलामकाे माईजाेगमाई गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय धुर्व श्रेष्ठले ९ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका छन् ।

२५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा माईजोगमाई १ नयाँबजारका धुर्व श्रेष्ठले निःशुल्क उपलब्ध गराएका हुन् ।
चलनचल्तीमा करिब २ करोड ५० लाख मुल्य पर्ने जग्गाको धनीपुर्जा श्रेष्ठले गाउँपालिका अध्यक्ष जितबहादुर राईलाई हस्तान्तरण गरेका हुन् । जग्गा प्राप्तिसँगै माईजोगमाईमा अस्पताल बन्ने आशामा गाउँपालिकाबासीहरु खुसी भएका छन् ।
त्यस क्षेत्रका बासिन्दा अस्पताल नभएकाले हालसम्म सामान्य विरामी हुँदा समेत सास्ती खेप्न बाध्य छन् । माईजोगमाई गाउँपालिकाबासीहरु सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकामको इलाम अस्पताल कित त सुर्योदय नगरपालिकाको फिक्कल बजारमा जानू पर्ने बाध्यता छ ।

