adv

काँकडभिट्टामा कार्यरत २ जना महिला प्रहरी कोरोनाबाट निकाे भए

काँकडभिट्टा , ९ भदौ । झापाको काँकडभिट्टामा कार्यरत दुईजना महिला प्रहरी नोवल कोरोना संक्रमणबाट निको भएर मंगलवार डिस्चार्ज भएका छन् ।

मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार २६ र २३ वर्षका महिला प्रहरी धरानिस्थत वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको कोभिड अस्पतालबाट साँझ डिस्चार्ज भएका हुन् ।

नेपाल वोडर आउट पोष्टमा कार्यरत ३२ जना सुरक्षाकर्मीमा कोभिड १९ को संक्रमण पुष्टिभएको थियो । ती मध्ये आज डिस्चार्ज भएर आएका दुईजनासहित ३० जना निको भएर घर फर्किएको र बाकी २ जनाको १ नम्वर प्रदेशमा रहेका विभिन्न कोभिड अस्पतालमा उपचार भईरहेको नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

नगरमा कोभिड १९ को संक्रमितको संख्या १ सय ६ जना भए पनि ९८ जना निको भएर घर फर्किसकेका छन् । ८ जना उपचारत छन् । नगरमा रहेका सनमुदायिक, होम, होटल क्वारेन्टाइन तथा विभिन्न होल्डिङ सेन्टरमा रहेका र समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि पीसीआर गर्न थ्रोड स्वाबको नमुना संकलन गरि १ नम्वर प्रदेशिक प्रयोगशाला विराटनगर, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माईक्रो वायोलोजीक विभाग तथा मेची प्रदेशिक अस्पताल भद्रपुर झापा पठाईएको अब १ सय ६४ जनाको परीक्षण रिपोर्ट आउन बाकी रहेको मेचीनगर नगरपालिका वडानम्वर ४ का वडाध्यक्ष समेत रहेका बरालले जानकारी दिए ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु