adv

नेपालमा थप ८८५ जना कोरोना संक्रमित थपिंदा संक्रमित संख्या ३४ हजार ४१८ पुग्यो

झापा ,१० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या  १९ हजार ५ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ।

संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु