झापा ,१० भदौ । नेपालमा कोरोना संक्रमणबाट आज एकैदिन थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र दुई जना महिलाको मृत्यु भएको हो।
बाराका ४१ र ४६ वर्षीय पुरुष गरी दुईजना, कैलालीका ४५ र ५० वर्षीय पुरुष गरी दुई जना, महाेत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष गरी तीन जना, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडाैँका ५१ वर्षीय पुरुष, मोरङकी ४६ वर्षीया महिला र भक्तपुरका ५३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

