adv
adv

पहिलोपटक माता-पिता बन्दै अनुष्का- विराट कोहली


झापा ।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा अभिभावक बन्ने भएका छन्।

कोहली र शर्माले बिहीबार आफ्नो ट्वीटरमार्फत तस्बिर सार्वजनिक गर्दै अभिभावक बन्न लागेको जानकारी दिएका हुन्। तस्बिरमा अनुष्का गर्भवती भएको देखिन्छन्।

कोहली र शर्मा दुबैले आफ्नो ट्वीटरमा लेखेका छन्,’र त्यसपछि, हामी तीन जना हुनेछौं।’

उनीहरूले बच्चा जन्मिने मिति सन् २०२१ जनवरीमा रहेको समेत जानकारी दिएका छन्। कोहली र शर्माले सन् २०१७ डिसेम्बर ११ गते इटालीमा पुगेर विवाह गरेका थिए।  उनीहरू पहिलो पटक अभिभावक बन्न लागेका हुन्।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु