झापा,११ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेकोहो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २७०, ललितपुरका ६६, भक्तपुरका ४१, खोटाङका १, मोरङका २०, संखुवासभाका ४, सुनसरीका ३८, धनुषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६, सिरहाका ७, काभ्रेका १३, चितवनका ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, मकवानपुरका ६३, रामेछापका ६, सिन्धुलीका ५, कास्कीका २ र गोर्खाका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै तनहुँका ११, नवलपरासीका १७, पर्वतका १, लमजुङका ३, बागलुङका ८, कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्यूठानका ४, बर्दियाका १, बाँकेका ७५, रुपन्देहीका ७२, जाजरकोटका ५, दैलेखका १२, सुर्खेतका ९, कञ्चनपुरका ६, कैलालीका २०, डोटीका ६, बझाङका १ तथा बैतडीका १७ जना संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५ सय ६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ।
संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेकाे छ। हाल देशभर क्वारेन्टिन ९ हजार ४ सय ८८ जना रहेका छन्।

