
काठमाण्डाै ,१२ भदौ । भारत काेराेना भाइरसबाट प्रभावित देशकाे तेस्राे स्थानमा रहेको छ । शुक्रबार मात्रै कोरोना भाइरसका ७७ हजार दुई सय ६६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यस्तै भारतमा शुक्रबार एकैदिन एक हजार ५७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ६१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा धेरै निकाे भएर घर फर्किएकाेमा अझै सात लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
राेयटर्स टेलीका अनुसार भारतमा गएकाे ७ अगस्टदेखि हरदिन विश्वमै सबैभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेकाे छ ।

