adv
Advertise Expired !

झापाको मेचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, १२ भदौ । झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

नगरपालिका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार वडा न २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु तीनैजना भारतबाट आएर झापाको मेचीनगर धुलावारी स्थित अतिथि सदनको क्वारेन्टिनमा  बसेका थिए ।

भदौ ९ गते उनीहरुको पीसीआर परीक्षणाका लागि थ्रोड स्वावको नमूना संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँको परीक्षणमा उनीहरुका पीसीआर परीक्षण पोजेटिभ आएको हो ।

उनीहरुमा संक्रमण पुष्टि भएपछि १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगरर ११ स्थित स्वास्थय चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरेकोे आइसोलेसन सेन्टरमा राखिने बरालले बताए  ।

योसँगै अब मेचीनगरमा कोरोनाबाट  संक्रमितको संख्या १० ९ पुगेकोछ भने  ९८ जना निको भएर घर फर्किसकेका छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु