adv

कोरोना अपडेटः थप ९२७ जनामा संक्रमण पुष्टि,कुल संक्रमित संख्या ३६ हजार नाघ्यो

झापा,१२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुङ्गाका १, झापाका १५, पाँचथरका २, मोरङका ४७, संखुवासभाका २, सुनसरीका ४१, सोलुखुम्बुका १, धनुषाका २०, पर्साका १, बाराका ४, महोत्तरीका १३, रौतहटका २१, सप्तरीका ७, सर्लाहीका १३, सिरहाका १२, काठमाडौँका ३५०, काभ्रेका १७, चितवनका २६, धादिङका १६, नुवाकोटका ३, भक्तपुरका ५४, मकवानपुरका ५१, रसुवाका १ र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका १, सिन्धुलीका २, कास्कीका १६, गोरखाका १, तनहुँका ४, नवलपरासीका १३, लमजुङका २, बाग्लुङका १, अर्घाखाँचीका २,कपिलवस्तुका २, दाङका १, बर्दियाका २, बाँकेका ३६, रुपन्देहीका ७२, जुम्लाका ६, दैलेखका ११, सल्यानका ३, कञ्चनपुरका १, कैलालीका ११ तथा डोटीका ९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित १६ हजार १९  रहेकाे छ। हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु