adv

कोरोनाबाट झापाका १ जनासहित थप १२ जनाको मृत्यु

झापा,१२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार माेरङकी ५६ र ६५ वर्षीया दुई महिला, भक्तपुरकी ६४ वर्षीया एक महिला र मकवानपुरकी ७१ वर्षकी एक महिलाको कोरोनाबाट मृत्यु भएको हो।

यस्तै उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु